अन्जलीको “जादु मन्तर”

काठमाडौं ३० असार / तेजस रेग्मी र कल्पना काफ्लेको  “जादु मन्तर”  बोलको तीज गीत सार्बजनिक भएको छ । गीतलाई कामना अनलाइन टि.भि.को यूटयूबबाट सार्वजनिक गरिएको छ ।

तेजस रेग्मीको नै शब्द तथा संगीत रहेको उक्त गीतमा आशिष अविरलको एरेंज रहेको छ । प्रेमील मनको भाव गरिएको उक्त गीतमा आफ्नो मायालुलाई तीजमा उपहार दिने गरिएको छ ।

अन्जली अधिकारी , तेजस रेग्मी र सन्तोष सापकोटाको अभिनय रहेको उक्त गीतको भिडियो अजय रेग्मीले छायाँकन गरेका हुन् ।

उक्त गीतको भिडियोमा मायालुलाई फकाउँदै र नृत्य गर्दै देख्न सकिन्छ । शिव बि.क.को निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई सुजन शाहीले संपादन गरेका हुन् ।

Loading...
प्रकाशित मिति ३० असार २०७६, सोमबार १५:२७