उदयपुरमा जीप दुर्घटना : २ जनाको मृत्यु ४ घाइते (अपडेट)

उदयपुरको ताप्ली गाँउपालिका धपेनीमा बुधबार साँझ जीप दुर्घटना हुँदा २ यात्रुको घटनास्थलमै मृत्यु भएको छ । ४ जना गम्भीर घाइते भएका छन् ।

ताप्लीकै रामपुरझिल्केबाट बछाङ्ग जाँदै गरेको मे १ ज २६६२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत नभएको प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले बताए ।

दुर्घटनामा परी चालक आशिष मगर, मतिलाल राई, बाबु राई र रसमाया राई गम्भीर घाइते भएका छन । उनीहरुलाई उपचारका लागि कटारी अस्पताल ल्याइदै गरेको प्रहरीले बताएको छ । जीप सडकबाट झण्डै डेढ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

फाइल तस्बिर

Loading...
प्रकाशित मिति २३ पुष २०७६, बुधबार १५:२२