बाल्यकालमै बेसहारा दिदिबहिनी : रुँदै भन्छिन् अब हामी कहाँ जानू ( भिडियो )

काठमाडौं / करिब ४ बर्ष अघि आफ्ना बाबुको मृत्यू भएपछि पुष्पा र पुजाकी ममीले छोरीहरुलाई पोखरामा ल्याएर पढाईन् । आर्थिक अवस्था दयानिय भएपनि दुःख गरेर उनले छोरीहरु पालेकी थिइन् तर तीनै आमा पनि बितेपछि उनै १४ बर्षकी पुजा र ११ बर्षकी पुष्पाको साहारा हराएको छ ।

मामाघरमा बसेर पढ्दै आएका उनीहरुको गाउँ भने नेपालगंज हो । नेपालगंज भनिएपनि उनीहरुको घरसंग राम्रो सम्बन्ध थिएन ।

बाबुको मृत्यू भएपछि पोखरामा आए र घरबाट वास्ता नगरेकै कारण उनीहरु नेपालगंज गएनन् । आमाको पनि मृत्यू भएपछि पुजा र पुष्पालाई मावली गाउँलेहरुले सहयोग गरिरहेका छन् भने देशका बिभिन्न ठाउँहरुबाट पनि सहयोग आउनेक्रम जारी छ ।

काजक्रिया सकिएको र नेपालगंजतिर पनि खबर गरिएको तर उनीहरुले वास्ता नगरेको सागर गिरीले बताए । यसो त पुजाले पनि आफूहरु मामाघर छोडेर कतै नजाने बताईन् ।

भिडियो हेर्नुुुुहोस् :

Loading...
प्रकाशित मिति २३ पुष २०७६, बुधबार १८:४३