काठमाडौंमा बिहानैदेखि वर्षा , यस्तो छ देशभरिको मौसम…

काठमाडौं / मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

हाल देशका अधिकांश स्थानमा बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको तथा भने उच्च पहाड तथा हिमालका अधिकांश भू–भागमा हिमपात भइरहेको छ ।

आगामी २४ घण्टा देशका केही स्थानमा वर्षा हुने तथा उच्च पहाडी र हिमाली भू–भागका अधिकांश स्थानमा हिमपात हुने सम्भावना रहेको महाशखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम विवरण सर्वाजनिक गर्दै महाशाखाले आज (बिहीबार) दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा वर्षाको संभावना रहेको जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ।

बिहीबार राति मध्य तथा पूर्वी तथा पश्चिमी भु–भागमा बदली रही ती क्षेत्रहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपात हुने सम्भावना छ ।

शुक्रबार दिउँसो पूर्वी र मध्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ भने मध्य र पूर्वी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार राति पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै शनिबार दिउँसो पूर्वी र मध्य पहाडी भू–भागमा बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै शनिबार राति पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

Loading...
प्रकाशित मिति २४ पुष २०७६, बिहीबार ०१:३२