उदयपुरमा जात ढाटेर विवाह गर्दा युवतीको ज्यान गयो

काठमाडौं / मागि विवाह भन्दा प्रेम विवाह गर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको बेला’, उदयपुरमा घटेको एक अनौठो घटनाको वास्तविकता बाहिरिएको छ ।

आज भन्दा दुई बर्ष अगाडि उदयपुरगढि गाउँपालिका ५ बाहुनिटारकी १७ बर्षिया संगीता विश्वकर्माले आफू मगर हुँ भनेर उदयपुर कटारी नगरपालिका ४ सिम्लेका  युवराज कार्की सँग भागि विवाह गर्दा उनले ज्यान गुमाउनु परेको रहस्य खुलेको छ ।

फोनमा दैनिक कुराकानी हुँदै गएपछि युवतीले नै विवाहको प्रस्ताव राखेको र, युवकले पनि सहर्ष स्विकार्दै घरमा भित्र्याइसकेपछि परिवारले दलित भन्ने थाहा पाएर स-परिवार मिलेर संगीताको ज्यान लिएको घटना सार्वजनिक भएको हो ।

– फाइल तस्बिर

Loading...
प्रकाशित मिति २४ पुष २०७६, बिहीबार ०७:०८