मुन्द्रेको कमेडी क्लबमा अनुभव रेग्मी र आयुष केसी [भिडियो]

चौतारी / मुन्द्रे उर्फ जितु नेपाल नेपालका चर्चित हाँस्यकलाकार ,अभिनेता हुन्, ‘पछिल्लो समय जितु नेपालले सञ्चालन गर्दै आएको ‘मुन्द्रेको कमेडि क्लब’ कार्यक्रम निकै नै चर्चामा रहेको छ ।”

कार्यक्रमले चर्चा मात्र बटुलेको छैन उतिकै लोकप्रिय बनेर मुन्द्रेको कमेडी क्लब सफलतापर्वक ३७ अौं भागमा आइपुगेको छ। हरेक हप्ता चर्चित सेलिब्रिटिहरुको रमाइलो प्रस्तुति सँगै युट्युबको ट्रेन्डिङमा पर्ने एक मात्र कमेडी कार्यक्रम बन्न सफल भएको छ, मुन्द्रेको कमेडी क्लब ।

जितु नेपाल , दीपा श्री निरौला ,निवा तुलाधर , उमेश राई (फुलेन्देको आमा ) राजेन्द्र नेपाली (लट्टे ) सञ्चालन गर्दै आइरहेको कार्यक्रमलाई निरज नेपाल र रवि श्रेष्ठले निर्देशन गर्दै आइरहेका छन् भने , धिरज श्रेष्ठको सम्पादनमा हरेक सोमबार नेपाल टेलिभिजनबाट प्रसारण हुने गर्दछ ।

आजको ३७ अौं भागमा चर्चित बाल कलाकार अनुभव रेग्मी र बाल गायक आयुष रेग्मी अतिथि रहेका छन् ।

Loading...
प्रकाशित मिति ३० असार २०७६, सोमबार १६:१५