सांसद कोमल वलीको रोइला गीत सार्वजनिक

काठमाडौं /बिहीबार बजारमा आएको एउटा गीतमा गायक मेक्सम खातीलाई गायिका कोमल वलीले आफ्नो धर्मे छोरो बनाउने बताएकी छिन् ।

गीतमा मेक्समले कोमललाई बिहे गर्ने प्रस्ताव राखेपछी कोमलले मेक्सम छोरा जस्तो उमेरको भएकाले छोरो बन्न आग्रह गरेकी हुन् ।

मेक्समले छोरोभन्दा बरु पिए बनाउन अनुरोध गरेका छन् । कोमलले अब आफू गायिका मात्र नभएर राजनीतिमा लागेकाले समाजसेवामै जीवन अर्पण गर्ने बताएकी छिन् ।

नरेश खातीले लेखेको रोइला गीतमा कोमल र मेक्समले स्वर दिएका छन् । कोमल,नरेश र मेक्सम जिल्लावासी हुन् । गीतसङ्गीतको आदर्शपात्रसङ्ग सहकार्य गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको खाती दाजुभाइले बताएका छन् । ठट्यौली पारामा सिर्जना गरेकाले गीतलाई अन्यथा नसोचिदिन उनिहरुले आग्रह गरेका छन् ।

Loading...
प्रकाशित मिति २४ पुष २०७६, बिहीबार १३:०५