घट्यो सुनको भाउ

काठमाडौं / सुनको मूल्य तीव्र रूपमा बढ्ने र घट्ने क्रम जारी छ । तीन दिनअघि सुनको मूल्यले ७६ हजार पाँच सयको रेकर्ड राखेको थियो । बिहीबार एक हजारले घटेको सुन शुक्रबार पनि ओरालो लाग्ने क्रम जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा नौ सयले घटेको छ । शुक्रबार तोलामा ७४ हजार ६ सय रुपैयाँ पर्ने महासंघलले जनाएको छ ।

तेजावी सुन पनि तोलामा नौ सय रुपैयाँ घटेर ७४ हजार ३ सय रुपैयाँमा झरेको छ । यसअघि तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार दुई सय रुपैयाँ थियो । चाँदीको भाउसमेत घटेको छ । शुक्रबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेर ८८५ रुपैयाँमा कारोबार भएको छ ।

Loading...
प्रकाशित मिति २५ पुष २०७६, शुक्रबार ०५:४२