विदेशबाट नेपाल पठाउँदै हुनुहुन्छ ? एकपटक पढ्नुहोस्

काठमाडौं / आज पुस २५ गते शुक्रबार अमेरिकी डलरसहित प्राय सबै देशको भाउ घटेको छ। नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ १ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ७ पैसा र बिक्रिदर १४८ रुपैयाँ ८५ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ४८ पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १० पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ३ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति २५ पुष २०७६, शुक्रबार ०५:५५