सरकार विरुद्ध बोल्नेलाई जन्मकैदको सजाय

काठमाडौं / सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा नागरिक स्वतन्त्रता कुण्ठित गर्ने र सरकारको आलोचना गर्नेलाई जन्मकैदसम्मको कारबाही गर्ने व्यवस्था स्वीकार्य नरहेकोे विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।

काठमाडौंमा शुक्रबार आयोजित ‘अभिव्यक्ति स्वतन्त्रता संरक्षणका चुनौतिहरु’ सम्बन्धी कार्यक्रममा विज्ञहरुले सरकारले नागरिक स्वतन्त्रता हनन् गर्दै अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको बताएका हुन्।

सरकारको आलोचना गर्ने सबैलाई जन्मकैदसम्मको कारबाही गर्ने व्यवस्था रहेको दाबी गर्दै उनीहरुले विधेयकमाथि प्रश्न उठाएका छन् ।

कार्यक्रममा संविधानविद् भिमार्जुन आचार्यले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदबाट पारित भएमा मुलुकमा एउटै कसुर हेर्ने दुई किसिमका अदालत रहने बताए।

Loading...
प्रकाशित मिति २५ पुष २०७६, शुक्रबार १४:११