आज शनिबारको मौसम यस्तो छ ।

काठमाण्डाै / मध्य र पूर्वी पहाडी बाहेकका ठाउँको मौसम शनिबार सफा हुने मौसमविद्ले बताएका छन् ।

मध्य र पूर्वी पहाडी क्षेत्रको आकाश एकैछिन खुल्दै बादल लाग्दै गर्ने भए पनि अरु ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नरहेकाले शनिबार पानी र हिउँ भने कतै पनि नपर्ने उहाँले जानकारी दिनुभयो । विभिन्न ठाउँमा अहिले लागेको बाक्लो हुस्सु र कुहिरो बिस्तारै हटेर पारिलो घाम लाग्ने मौसमविद् श्रेष्ठले बताउनुभयो ।

Loading...
प्रकाशित मिति २६ पुष २०७६, शनिबार ०१:४५