र्‍यापर भिटेन माथि ढुङ्गा प्र’हार

सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलिया भ्रमणमा रहेका र्‍यापर समिर घिसिङ (भिटेन)माथि फेरी बोतल प्र’हार भएको छ । साउथ अष्ट्रेलियको एडिलेडमा भएको सांगीतिक कार्यक्रममा उनीमाथि बोतल प्र’हार भएको हो ।

नयाँ वर्षको अवसरमा भिटेन अष्ट्रेलियाको मुख्य शहरहरु सिड्नी, मेलवर्न, ब्रिजवेन, पर्थ लगायतको ठाउँमा कार्यक्रम सकेर गत हप्ता बिहान एडिलेड पुगेका थिए । भिटेनले सिड्नीस्थित होम बारमा डिसेम्बर २७ मा, मेलवर्नस्थित थेरापी नाइट क्लबमा डिसेम्बर ३० मा, नयाँ वर्षको दिन ब्रिजवेनस्थित भ्याली ड्राइभईनमा, जनवरी ३ मा पर्थमा प्रस्तुती दिएका थिए ।

एडिलेडमा गत हप्ता भएको कार्यक्रममा भिटेन स्टेजमा आउँदा उनीमाथि बोत्तल प्र’हार भएको थियो । त्यसपछि कार्यक्रमस्थल त’नावग्रस्त बनेको थियो । आफूमाथि बोत्तल प्र’हार भएपछि आ’क्रोशित हुदै गा’ली समेत गरे । उनले बोत्तल प्रहार गर्नेलाई कार्यक्रमबाट नै निकाल्नुपर्ने तथा नेपाल फर्काइदिनुपर्ने बताएका थिए ।

भिटेनमाथि भएको यस्तो घ’टना पहिलो पटक भने होइन । उनीमाथि यो भन्दा पनि पहिले पोखरामा यस्तै भएको थियो ।

Loading...
प्रकाशित मिति २७ पुष २०७६, आईतवार ०२:०३