बाख्रा चोर्ने तीन जना पक्राउ

काठमाडौं / हामी धेरै सुन्दै पढ्दै आएका छौ , सुनचादी गरगहना लगायतका बहुमुल्य सामान चोरीको खबरहरु तर कैलालीमा एक अचम्मको घ’टना घटेको छ । सुनदा पनि हाँसो लाग्ने खबर बाहिरिएको छ ।

खबर हो कैलालिमा बाख्रा चोरेको अभियोगमा तीन युवालाई जिल्ला प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

कैलाली प्रहरीले बाख्रा चोरी गर्ने तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ का १८ वर्षका प्रकाश नेपाली, १९ वर्षीय सुनिल बोहोरा र २४ वर्षीय दिनेश सुवेदीलाई बाख्रा चोरीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले बताए।

उनका अनुसार स्थानीयको बाख्रा चोरी काट्दै गरेको अवस्थामा तीनैजनालाई पक्राउ गरिएको हो। तस्बिर ; दिनेश खबर

Loading...
प्रकाशित मिति २७ पुष २०७६, आईतवार १४:०६