शिल्पालाई छविको खुल्ला पत्र

निमार्ता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलको घरायसी कलहले चौतर्फी चर्चा पाइरहेको छ यतिबेला । केही दिन यता प्रहरी परिसरबाट दुवै जनाको सहमतिमा विवाद टुंगिएको थियो, ‘तर; फेरि एकाएक चर्चा चलेसँगै शिल्पाले डिभोर्स दिने अभिव्यक्ति दिएकि थिइन् । त्यसपछि छवि ओझाले मध्यराति खुल्लापत्र लेखेका छन् ।

यस्तो छ खुल्ला पत्र

शिल्पा जि,

मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं l  छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ?  यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै  तपाईंको लागि खुल्ला छ ।  

हैन र यदि  तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले  बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर  भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु,  सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस ।  तपाइले न्याय पाउनु हुन्छ । 

शुभरात्री ।

यो पनि पढौं

सिने नगरीमा यतिबेला बाघ निर्माता छबिराज ओझा र नायिका शिल्पा पोखरेलबीचको बिवादले तातेको छ । ३ बर्ष अघि बिवाह गरे पनि मिडियामा नखुलेका छबि र शिल्पाबीचको सम्बन्ध अहिले आएर भने छताछुल्ल भएको छ । शिल्पामाथि छबिले चरम घरेलु हिंसा गरेपछि त्यो सहन गर्न नसकेकोपछि शिल्पाले प्रहरी नै गुहार्नु प¥यो ।

शिल्पाले आफुले बिवाह गरेको केही महिनामा नै छबिको असलीरुप देखेको तर आफनो घर परिवारको इज्जतको लागि र श्रीमान भएको नाताले पनि सहँदै आएको तर पछिल्लो पटक भने घाँटी थिचेर मार्न खोजेपछि उनले प्रहरी गुहारेकी हुन् । शिल्पाले छबिले आफुलाई नराम्रो बाटोमा नहिड्दा पनि शंका गर्ने , अश्लिल गालीगलौज गर्ने , कुटपिट गर्ने जस्ता हिंसा गरेको बताईन् ।

शिल्पाको उजुरीपछि प्रहरी कार्यालयमा उनीहरुबीच कुराकानी पनि भएको थियो । जहाँ उनले शिल्पासंग माफी मागेका थिए । तर छबिले माफी मागेपनि शिल्पा भने खुसी देखिएकी थिईनन् । नत छबिले शिल्पालाई घर लान पहल गरे नत शिल्पा नै खुसी देखिईन् । छबिले शिल्पालाई आफनो परिपक्ता देखाउँदै नत फोन गरे नत घर फर्कानउे पहल गरे । बरु उल्टै फेसबुकबाट समेत छबिले आफुलाई ब्लक गरेको शिल्पाले बताईन् । उनले ३ बर्षदेखि सहदै आएको तर अब नसक्ने भन्दै बाँकी कुरा कानुनी प्रक्रियामा जाने बताएकी थिईन् । अन्तत: शिल्पाले छबिलाई डिभोर्स दिएकीछिन् ।

उनले छबिसंग अब असुरक्षाको कारण देखाउँदै संगै बस्न नसक्ने भन्दै डिभोर्स फाईल गरेकीछिन् । अब केही दिनमा नै डिभोर्सको अन्तिम निर्णय हुनेछ । शिल्पाले छबिसंगको सम्बन्ध बाहिरिएपछि आएको प्रतिक्रियाहरुमा पनि चित्त दुखाएकीछिन् । उनले छबिसंग पैसाको लागि बिवाह गरेको भन्नेहरुलाई उनले आफु हुने खानेकै छोरी भएको , र आफनो बुवा आमाको अरु सन्तान नभएकोले आफुलाई कसैको सम्पत्तिको कुनै लोभ नभएको भन्दै खण्डन गरेकीछिन् । यता छबिले भने शिल्पा आए श्रीमतीकोरुपमा स्वागत गर्ने यदि सम्बन्ध फेरी जोडिन नसके शिल्पापछि अरु बिवाह नगर्ने घोषणा नै गरेका छन् ।

Loading...
प्रकाशित मिति ३० असार २०७६, सोमबार १८:४५