काठमाडौँ / देशका पश्चिमी भूभागमा मंगलबारको मौसममा सामान्य बदली भई अन्य पहाडी भू्भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन गरिएको छ । हिजोको न्यूनतम तापक्रम ३.६ र अधिकतम तापक्रम १९।.७ डिग्री सेल्सियस मापन भएको थियो ।
अन्य समाचार
देश केन्द्रकृत सासन प्रर्णाली बाट बिकेन्द्रकृत सासन प्रणालीमा गइसक्दा पनि देशका जनताहरु भने स्वास्थ्य उपचार नपायर अस्पतालको सैयामा छटपटाइरहेका छन् । देशमा तिन तहका सरकार बने तर स्वास्थ्य,शिक्षा र बेरोजगारले गर्दा जनाता भोकमारीमा पिल्सीएका छन् ।
सरकारले घरघरमा सिंहदरबार आयो भन्यो तर जनताले कहिले पनि सिंहदरबार को अनुभुति गर्न पायनन् । सरकारले स्वास्थ्य निति तथा कानुन ल्यायता पनि कार्यान्वन भने सुन्य देखियको छ ।
संस्कृती सभ्यताको जननी हो भन्ने मुल नाराको साथ अघि बढेको एबिसी इन्दे्रणीले पनि लोक सँस्कृतीको माध्यमबाट देशको संस्कृती र सभ्यतालाइ बचाइराखेको कुरा बिश्वभरी अवगत नै छ ।
प्रशिद्ध कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलले सो कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ । बिगत दश बर्ष देखी सञ्चालन हुँदै आएको सो कार्यक्रको माध्यम बाट दुखि गरीब तथा रोगले पिल्सीएका जनताले साहारा पाउँदै आएका छन् ।
दैनिक रुपमा सञ्चालन हँदै आएको सो कार्यक्रम मार्फत एकै दिन १२ लाख रकम दुखि बिरामिलाई हस्तान्तरण गरीएको छ । सो रकम इन्द्रेणीका साञ्चालक कृष्ण कंडेल र इन्द्रेणीकी व्यबस्थापक प्रतिमा कंडलको हातबाट हस्तान्त्रण गरीएको थियो । सो रकम मध्य स्याङजाका मृगौला पिडित राजेन्द्र कार्की लाई रु चार लाख इन्द्रेणी मार्फत हस्तान्त्रण गरीएको थियो ।
यसैगरी गुल्मी छत्रकोट गा.पा.का एउटै घरका अपाङगता भएका चार भाइ बहिनीलाई इन्द्रेणी मार्फत ८५ हजार र गुल्मी सेवा समाज ओमन को तर्फबाट ९८ हजार लगायत अन्य सहयोगी मनहरुबाट सहयोग उठाई जम्मा १ लाख ८८ हजार रकम हस्तान्तरण गरीएको थियो ।
सो रकम मध्य काभ्रे नवबुद्ध न.पा. ३ चरुवा का मृगौला पिडीत बुद्ध लामा लाई इन्द्रेणी मार्फत रु ३० हजार र अन्य सहयोगी मनमार्फत गरी रु १ लाख इन्द्रेणी मार्फत हस्तान्तरण गरीएको थियोे । यसैगरी मृगौला पिडीत टिका माया गुरुङ बचाउ अभियानका अअभियानता गणेश गुरुङ मार्फत ३ लाख २४ हजार पिडितका भाई सुवास गुरुङलाई इन्द्रेणी स्टुडियोमा गणेश गुरुङ र सञ्चालक कृष्ण कंडेल मार्फत हस्तान्तरण गरीएको थियो ।