श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर बेपत्ता भएकी प्रमिला यस्ताे अवस्थामा भेटिईन् ( भिडियो हेर्नुहोस

चितवन / श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर सम्पर्क विहिन भएकी चितवनकि एक महिला अर्कै व्यक्तिसँग विहे गरेर गएको पाइएको छ । भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिनाअघि देखि सम्पर्क विहिन बनेकी थिइन ।

प्रमिलाले आफु यसअघि भीडियो च्याटमा कुराकानी गर्ने केटासँग गएको खवर घर परिवारलाई यसअघिनै छाडेकी हुन । उनका नातेदारका अनुसार मंसिर २४ गत्ते घरबाट हिडेपछि फोन गरेर आफु ति व्यक्तिसँग गएको र छोरा छोरीलाई हेर्दै गर्नु भनेर भनेको बताएका छन ।

उनले त्यसपछि १ पटक फोन गरेर सवैसँग रुँदै कुरा गरे पनि कहाँ र कोसँग गएको भन्नेबारे केहि खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रमिलाले नगद र सुन गरी करिव ७ लाख बराबरको सम्पत्ति लगेर गएको उनका श्रीमान सन्तोष सुनारले बताए । भिडियो हेर्नुहोस् :

 

Loading...
प्रकाशित मिति १ माघ २०७६, बुधबार ०१:१६