मगर समुदायले टुँडिखेलमा धुमधामका साथ मनाउँदै माघि पर्व

काठमाडौं / मगर तथा थारु समूदायले माघी धुमधामका साथ मनाउन लागेका छन् । काठमाडौंको टुडिखेलमा माघे संक्रान्तिको दिन (आज) ‘माघी महोत्सव’को आयोजना गरी मगर समूदायले आफ्नो महानपर्व माघी धुमधामका साथ मनाउँदै छन् ।

यसै अवसर पारेर थारु तथा मगर समुदायले आफ्नो संस्कृति झल्कने खालको पहिरनमा सजिएर नाचगानसहितको प्रर्दशन पनि गरेका छन्। माघी महोत्सवमा काठमाडौंमा रहेका सबै आफन्तलाई बोलाएर मिष्ठान्न भोजनसहित शुभकामना समेत आदानप्रदान गरिएको छ।

कार्यक्रममा छोरी–चेलीको पूजाका साथै उक्त समुदायको प्रसिद्ध नृत्य हुर्रा, कौरा, मारुनी, भ्याउरे, टप्पा र सालैज्यू नृत्यसहितको गीत–सङ्गीत प्रस्तुत गरिएको थियो । भाङग्रा र घलेक पहिरिएका युवायुवतीका विभिन्न समूहले नाचगान गरेर हर्षका साथ माघे सङ्क्रान्ति मनाएका थिए ।

सो अवसरमा मगर मुदायको प्रसिद्ध खेल धनुषबाण पनि खेलिएको थियो । उक्त समुदायले माघ महीनामा तरुल, सकरखण्ड, गिठ्ठा, भ्याकुर, खिचडीलगायत परिकार खाने गर्दछन् ।

Loading...
प्रकाशित मिति १ माघ २०७६, बुधबार ०३:३९