प्रहरीको भ्यान दुर्घटना हुँदा एक प्रहरीकाे ज्यान गयाे, ३१ घाइते

तनहुँ, १ माघ। तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरीको भ्यान दुर्घटना हुँदा एक जना प्रहरीको ज्यान गएको छ, भने ३१ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाे बताइएको छ ।

इलाका प्रहरी कार्यालय जुगेडीका अनुसार देवघाटको माघे संक्रान्ति मेलाको सुरक्षाका लागि पोखराबाट आएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना हुँदा मृत्यु हुने प्रहरी जवान सन्दीप केसी रहेको छ।

दुर्घटनामा परी घाइते भएकाहरुमध्य २६ जनाको पुरानो मेडिकल कलेज र ५ जनाका नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको बताइएको छ। दुर्घटना भएको गाडीमा ३४ प्रहरी सवार भएको प्रहरीले जनाए ।

Loading...
प्रकाशित मिति १ माघ २०७६, बुधबार १५:२१