गायिका आस्था राउतको आ’क्रोश : प्रहरीले मलाई सम्मान गरेन्

काठमाडौँ / गायिका आस्था राउतले प्रहरीले आफूलाई दु’र्व्यवहार गरेको आ’रोप लगाएकी छन्।

बुधबार सामाजिक संजालमा एक भिडियो पोस्ट गर्दै झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दु’र्व्यव’हार गरेको आ’रोप लगाएकी हुन्। प्रहरीको बोल्ने आचरण बारे प्रश्न उठाउँदै पोस्ट गरेको भिडियो भने उनले सामाजिक संजालबाट हटाइसकेकी छन्।

भिडियोमा राउतले प्रहरी संगठनमा जरै देखि किरा परेको उल्लेख गरेकी छन्। प्रहरी संगठनको जरैमा मल-जल गर्न नपुगेको उनको बुझाई छ। भिडियोमा उनले नबिराएको कारण नडराउने पनि भिडियोमा राउतले बताएकी छन्।

भिडियोमा राउतले बताएअनुसार कोहि एक महिला प्रहरीले उनलाई ‘तँ-तँ’ भन्दै बोलाएकी थिइन्। जसकारण उनी प्रहरीको आचरण सुधार्नुपर्छ भन्दै सामाजिक संजालमा लाइभ आएकी थिइन्।

यस्तै उनले नेपाली कलाकारको देशमा सम्मान हुन नसकेको प्रति पनि आक्रोश पोखेकी छन्। भन्नलाई मात्र कलाकार देशका गहना हुन् भन्ने गरिएको प्रति पनि उनको आक्रोश छ।

Loading...
प्रकाशित मिति २ माघ २०७६, बिहीबार ०५:३५