सिन्धुलीमा बेहुला बेहुली सहित जन्ती बोकेको जीप दुर्घटना : दुलहा दुलही गम्भीर

फाइल फोटो 

सिन्धुली २, माघ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ५ देविस्थानस्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना हुँदा दुलहा – दुलहीसहित १३ जना घाइते भएका छन् । घाइतेमध्य ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

ना १ च १८६० नम्बरको जीप मरिण गाउँपालिका–१ कटुन्जेबाट जन्ती लिएर हरिहरपुरगढी गाउँपालिकाको तामाजोर जाँदै गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा परेका ५ जनाकाे अवस्था गम्भीर र ८ जनाको अवस्था सामान्य रहेको मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले जानकारी दिए ।

गम्भीर घाइते हुनेमा योगेश एस्माली, सानु खपाङ्गी, दिलबहादुर पुलामी, रुपेश मगर र एकबहादुर पुलामी रहेका छन् । उनीहरुको कपिलाकोट स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सिन्धुली सदरमुकामतर्फ पठाएको अध्यक्ष बम्जनले बताए ।

बम्जनका अनुसार दुलहा – दुलहीसहित अन्य घाइतेहरुको कपिलाकोट स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको पनि उनले बताए ।

Loading...
प्रकाशित मिति २ माघ २०७६, बिहीबार १५:५१