यूएईको आबुधाबीमा ३ नेपाली युवतीको निधन

काठमाडौँ, माघ ३ / यूएईको आबुधाबीमा नेपाली कामदारहरु बोकेको यात्रुबाहक मिनिबस दुघृटना हुँदा ३ नेपाली सहित ६ जनाको निधन भएको छ । निधन हुने नेपालीमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास य्रएईले जनाएको छ ।

यूएईमा रहेको नेपाली दुतावासका अनुसार २४ जना कामदार चढेको मिनि बस लरीमा ठक्कर खाँदा घाइते भएका अन्य १४ जनाको पनि नाम र ठेगाना खुलेको छ । दुर्घटनामा निधन हुनेमा बसका चालक एक पाकिस्तानी पुरुष, एक जना श्रीलङ्काली र एक जना अफ्रिकन महिला कामदार रहेका छन् ।

दुतावासका अनुसार काममा हिँडेका २४ जना कामदार चढेको बस दुर्घटना हुँदा घाइते भएका अन्य १४ जनामध्ये सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा ईलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।

मकवानपुरको टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्माको अहिलेसमम ठेगाना खुल्न नसकेको दुतावासको भनाई छ । उनीहरु सबैको उपचार भइरहेको छ ।

Loading...
प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार ०४:१०