हेमन्त कान्छाको मार्मिक गीत ‘मरेछन रे लाहुरे’ सार्वजनिक

काठमाडौं / विवाह भएको बर्ष दिन नपुग्दै श्रीमान गुमाउनुको पीडा एउटी श्रीमतीलाई थाहा हुन्छ’ जस्को सिउँदोबाट रातो सिन्दुर पुछिन्छ । सबैको अभिभावकलाई लाग्दछ, छोराछोरी ठुलो भएर बुबा आमाको नाम राखुन् ‘ठूलो मान्छे बनुन्’ तर, विडम्बना सपनाको महलहरु ठडिँदै गर्दा जगैबाट ढलेपछि के हाल हुन्छ होला परिवारको यस्तै यस्तै वियोगान्त कहानीहरुलाई संगालेर गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाईलीले लोक गीत ‘लाहुरे’बजारमा ल्याएको छ। हेमन्त रसाईलीको संगीत र सपना रसाईलीको शब्द रहेको उक्त गीतमा हेमन्तले एउटा कारुणिक कहानी प्रस्तुत गर्नु भएको छ।

गीतको भिडियोमा हेमन्त कान्छा आफैले लाहुरे बनेर मुख्य भुमिका निभाएका छन्, भने दुर्गा सापकोटा, खेम घर्ती, कृष्णा खड्का र आरुष भुषालको जीवन्त अभिनय देख्न सकिन्छ ।

रमेश रसाईलीको निर्देशन तथा सम्पादन रहेको भिडियोको छायांकन भने बिबेक बिकको रहेको छ। हेमन्त कान्छाले आफ्नै युटुब मार्फत यो गीत बजारमा ल्याएका हुन् ।

भिडियो :

‘एक घुट्की पानी पिउननि नपाई मर्छन नि लाहुरे’ मुटु नै छिया छिया बनाउने शब्दहरुले भरिएको गीतको भिडियोमा कलाकारको अभिनयले झनै कस्को आँखा नरसाउँला र……

Loading...
प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार १३:३२