सामाजिक सञ्जालमा आस्था…

  • असफल यात्री मुस्कान

काठमाडौ / ‘चौबन्दीमा पटुकि’ बोलको गीत गाएर चर्चामा आएकी गायिका आस्था राउत पछिल्लो समय एक वि,वादमा परेकी छिन् ।

गायन रियालिटि शो दि भ्वाइस अफ नेपालको दोस्रो संस्करणमा कोचको भुमिका निभाइसकेकी गायिका राउत सांगीतिक कार्यक्रमको लागि सिक्किम जाने क्रममा झापाको भद्रपुर विमानस्थलमा डिउटिमा खटिएकी महिला प्रहरी सँग भनाभन परेपछि उनी वि’वादमा मुछिएकि हुन् ।

विमानस्थलमा उक्त घटना घटेपछि गायिका राउतले तत्काल फेसबुक मार्फत लाइभ गरेर प्रहरीलाई गा’ली गर्दै घटनाको नालिबेलि सुनाएपछि घ’टनाले अर्कै मोड लिएको हो ।

गुपचुप हुन सक्ने घटना आफैले गर्दा सार्वजनिक भएपछि गायिका राउत यतिबेला त’नावमा छिन्  । उनको फेसबुक लाइभ भिडियो छिनभरमै भाइरल भएको थियो ।

उक्त भिडियोकै आधारमा समाचारहरु आउन थालेपछि प्रहरीले समेत यस बिषयलाई चासोका साथ लिइएको हो । घटनाले उग्ररूप लिने क्रम जारीरहँदा विमानस्थलको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा छरपस्ट  भयो’ तर, भिडियो कहाँबाट कसरी बाहिरियो भन्ने बिषयमा प्रहरी संगठन नै अनबिज्ञ रहेको जानकारी दिएको छ ।

अनुसन्धानलाई थप सहयोग होस् भनी प्रहरीले गोप्य रुपमा हेरिएको भिडियो बाहिर आउनुमा प्रहरी संगठन माथिन नै प्रश्नवाचक चिन्ह उठेको छ । घटनामा जोडिएकी महिला प्रहरी रमिता श्रेष्ठले पनि प्रहरीमा आस्था राउत वि’रुद्ध उजुरी दिइसकेकी छिन् । उनले ड्युटीमा खटिएको प्रहरी माथि दुर्व्य’वहार गरेको  आ’रोपमा उजुरि दिएको बताएका छन्  ।

कसरी भयो घटना ?

सिसिटिभी फुटेजका अनुसार गायिका राउत हतारमा देखिन्छन् उनले चेक गर्ने मेसिनमा झोला मात्र राखेर हातमा कफि लिँदै बाहिरिन लाग्दा महिला प्रहरी जवानले रोकेर ज्याकेट पनि फुकाल्न निर्देशन दिएको देखिन्छ ।

हातको कफि राख्दै आक्रोशमा फेरि पछाडि सरेर ज्याकेट फुकाल्छिन् र, त्यसपछि बाहिर निस्कने क्रममा प्रहरी जवान र गायिका राउत विच भनाभन भएको जस्तो देखिन्छ । हातको अौला पनि दुवै जनाले उठाएका छन् , कफिको बिषयमा भनाभन हुँदा कफि टेबलमै पोखेको दृश्यमा स्पष्ट छ  ।

त्यतिकैमा गायिका राउत कफि छाडेर अौला देखाउँदै बाहिरिन्छिन् र रिसको झोकमा लाइभ गर्छिन् । गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठ दुवै जनाले आफू माथि दु¥र्ववहार भएको बताउँदै आएका छन् ।

“सर्वसाधारण माथि प्रहरीको दु¥र्ववहार कहिले सम्म” भन्ने गायिका राउतको अडान त्यस्तै ड्युटीमा रहेको प्रहरी माथि दु¥र्व्यवहार भएको प्रहरीको भनाई छ ।  सिसिटिभी फुटेज बाहिरीए लगत्तै गायिका राउतले फेसबुक लाइभ गरेर रुँदै माफि समेत मागेकी छिन् । रिसको बेला २,४ शब्द अलि बढि बोलेको स्विकार्दै हात जोडेर माफि मागेकी हुन् ।

सामाजिक सञ्जाल

कसैको वि,रोध गर्न र समर्थन गर्न परेमा तपाईंले केही गर्नु पर्दैन सामाजिक सञ्जाल (फेसबुक, टुइटर , युट्युब ) प्रयोग गर्नु भए हुन्छ । त्यस्तै गायिका राउतको घ,टनाले सामाजिक सञ्जालमा कस्तो रुप लिइरहेको छ ? सामाजिक सञ्जालमा यतिबेला गायिका राउतलाई मिश्रित प्रतिक्रिया दिइरहेका छन्।

धेरै गायिका राउत गलत छिन् भन्ने प्रतिक्रिया दिएका छन्’, भने  केहिले प्रहरीको गल्ती भएको भन्दै मिश्रित प्रतिक्रियाहरु आइरहेका छन ।

Loading...
प्रकाशित मिति ४ माघ २०७६, शनिबार १७:०१