‘प्रेम गीत ३’ मा अनुभवको नयाँ जोडी

काठमाडौं ३१ असार / आसुसेन फिल्मस् प्रोडक्सनले फिल्म ‘प्रेम गीत ३’को लागि नयाँ कलाकार फाइनल गरेको छ । बालकलाकार ‘गीत’को भुमिकामा समृद्धी शाही ठकुरीलाई अनुबन्धित गरिएको हो ।

केहि समय अगाडी गीत भुमिकाको लागि क्रिस्टिना गुरुङ फाइनल भएकी थिइन् । उनी अडिसन मार्फत छनोट भएकी हुन् । गीत बन्नको लागि करिब २७ सय जनाले आवेदन भरेका थिए । २५ जनालाई छनोट गरी अडिसन गरिएको थियो । त्यस मध्ये क्रिस्टिनाले गीत बन्ने अवसर पाएकी छिन् । उनको बालापनको भुमिकालाई समृद्धी शाही ठकुरीले प्रतिनिधित्व गर्ने भएकी छिन् ।

फिल्मलाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । यो फिल्मबाट सन्तोष सेनले निर्देशनमा डेब्यु गर्दैछन् । यो फिल्मको लागि प्रदिप खड्का, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा फाइनल भइसकेका छन् ।

Loading...
प्रकाशित मिति ३१ असार २०७६, मंगलवार १३:५२