रेश्मी कार्की र शोभा गौतमको  “तीज आयो” ( भिडियो सहित)

काठमाडौं / रेश्मी कार्की र शोभा गौतमको  “तीज आयो”  बोलको तीज गीत सार्वजनिक भएको छ । गीतलाई ओएसआर डिजिटलको युटयुबबाट सार्वजनिक गरिएको छ । गोविन्द गौतमको शब्द रहेको उक्त गीतमा बिकास चौधरीको संगीत रहेको छ भने उदय राज पौडेलको एरेंज रहेको छ ।

नेपाली नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा रमाइलो गर्ने र दुख सुख साट्ने कुरा गरिएको छ ।

नायिका अनु शाहको अभिनय रहेको उक्त गीतको भिडियो अनु नारायण चौधरीले छायाँकन गरेका हुन् । धेरै गीतको भिडियोहरुमा अभिनय गरिसकेकी नायिका अनु शाहलाई उक्त गीतको भिडियोमा निकै राम्रो नृत्य गर्दै र खुसी हँदै देख्न सकिन्छ । भिडियो हेेेर्नुहोस् : 

दिनेश मङमुको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई उषा मलहाले निर्देशन गरेका हुन् भने मन्दिल श्रेष्ठले संपादन गरेका हुन् ।

Loading...
प्रकाशित मिति ३१ असार २०७६, मंगलवार १५:२३