उदयपुरको प्रथम मिस उपाधि श्रद्धा भट्टराईले जितिन् !

उदयपुर / प्रथम मिस उदयपुर २०२०को ताज श्रद्धा भट्टराईले जितेकी छन् शनिबार गाईघाटको शुभलक्ष्मी हलमा भएको ग्राण्ड फिनालेमा बिभिन्न चरणको प्रतिस्पर्धामा आफूलाई उत्कृष्ट सावित गर्दै प्रतियोगी नम्बर १० की भट्टराईले उपाधि हात पारेकी हुन् उपाधि विजेता भट्टराईले मिस कन्फीडेन्ट र मिस ट्यालेन्ट शव टाइटलसमेत हात पार्न सफल भएकी छन् ।

प्रतियोगिताको फस्र्ट रनरअप बेलका नगरपालिकाकी अस्वीना दाहाल बनिन् । प्रतियागि नम्बर ५कि अस्वीनालाई मिस फोटोजेनिक सबटाइटल प्रदान गरिएको थियो ।

त्यसैगरी सेकेण्ड रनरअपको उपाधि रन्जना दनुवारले पाईन् । प्रतियोगी नम्बर ६कि उनलाई मिस बेस्ट ड्रेस र मिस पपुलर बिधाको उपाधिसमेत प्रदान गरिएको थियो । विङ्स इन्टरटेन्टमेन्टको प्रस्तुती मिस उदयपुरको प्रथम फिनालेबाट नयाँ प्रतिभाहरुको जन्म भएको आयोजक ताल डान्स हाउसका सञ्चालक एमजे मिथुनको भनाई छ ।

जिल्लाको बिभिन्न ठाउँबाट सहभागी कुल ११जना प्रतियोगीहरुलाई हाल बन्द प्रशिक्षण दिइएको थियो ।दिउँसो २ः००बजेदेखि कार्यक्रम शुरु हुने भनिएपनि प्राबिधिक कारण केही घण्टा समय ढिलाई गरी शुरु भएको थियो ।

कार्यक्रममा बिभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमा आफ्नो प्रस्तुती दिईसकेका मोडल तथा कलाकारहरुको उपस्थिती रहेको थियो । त्यस्तै आईएमई लोकस्टारको सेकेन्ड रनरअप बिनोद दनुवारको पनि प्रस्तुती रहको थियो विङ्स इन्टरटेन्टमेन्टको प्रस्तुतीमा ताल डान्स हाउसले हरेक वर्ष अन्य आगामी संस्करणहरु पनि सञ्चालन गर्दै जाने बताइएको छ ।

विश्वबिख्यात कम्पनी यमाहा र रमपमको मुख्य प्रायोजन तथा गैडा सिमेन्ट ३६५डेज भोड्का र भगवती सेलर मिलको सहप्रायोजनमा सानै छु बढ्न देउ वालविवाह हैन पढ्न देउ भन्ने स्लोगन रहेको थियो

Loading...
प्रकाशित मिति ५ माघ २०७६, आईतवार १५:४८