यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस कुन देशको कति ?

काठमाडौं / आज माघ ६ गते सोमबार कुवेती दिनारसहित सबै देशको विनिमयदर घटेको छ । नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आजअमेरिकी डलर भने स्थिर छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ०४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ६४ पैसा र बिक्रिदर १४८ रुपैयाँ ४२ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ४५ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ४३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ ८५ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ४४ पैसा रहेको छ।मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १२ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति ६ माघ २०७६, सोमबार ०२:४५