ब्रेकिङ : यति र बुद्ध एयरका जहाज विमानस्थलमै ठोक्कियो

काठमाडौं / सोमबार बिहान त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्किएका छन्। जनकपुर जान लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सका जहाज ठोक्किएका हुन्।

जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ। दुबै जहाजमा सामान्य क्षति भएको दुबै एयरलायन्स कम्पनीका अधिकारीहरूले बताएका छन्।

क्षति सामान्य भए पनि दुबै जहाजलाई नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरूले जाँच गरेपछि उडान हुने बताइएको छ।

अन्य समाचार

काठमाडौं । आज माघ ६ गते सोमबार कुवेती दिनारसहित सबै देशको विनिमयदर घटेको छ । नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आजअमेरिकी डलर भने स्थिर छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ०४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ६४ पैसा र बिक्रिदर १४८ रुपैयाँ ४२ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ४५ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ४३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ ८५ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ४४ पैसा रहेको छ।मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १२ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति ६ माघ २०७६, सोमबार ०५:१६