धरानका पुर्वमेयर राईको दुखद निधन

धरानका पुर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ । क्यान्सरको उपचाररत उनको सोमबार दिउँसो करिब १ बजेतिर पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मेयर राई विगत एक बर्षदेखि क्यान्सर रोगको उपचारमा थिए । उनलाई क्यान्सरमा पनि दुर्लभ खालको रोग लागेको थियो ।

पुर्वमेयर राईलाई बचाउ अभियानका संयोजक एवं पत्रकार महेश श्रेष्ठकाले अस्पतालको आइसियुमा उपचाररत अवस्थामा उनको निधन भएको जानकारी दिए ।

भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उनलाई एम्बुलेन्समार्फत नेपाल नै ल्याइएको थियो ।

उनी २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट मेयरमा निवार्चित भएका थिए । पछिल्लो समय उनी समाजवादी पार्टीमा आवद्ध थिए ।

Loading...
प्रकाशित मिति ६ माघ २०७६, सोमबार ०९:४७