नेपाली सेनामा खुल्यो ठूलो सङ्ख्यामा भर्ना ( बिज्ञापन सहित )

माघ ७ काठमाडौँ / नेपाली सेनाले दुई हजार भन्दा बढी सैन्य तथा प्राविधिक पदको लागि विज्ञापन गरेको छ । भर्ना छनौट निर्देशनालयले सैन्य तथा प्राविधिक पदका लागि २ हजार ३ सय २३ जनाको माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले विज्ञापन खुलेको दिनदेखि फागुन ७ गतेसम्म दरखास्त दिन सक्नेछन् ।दरखास्त फाराम नेपाली सेनाले निःशुल्क उपलब्ध गराउने भएको छ ।

विज्ञापन :

अन्य समाचार

काठमाडौं,पछिल्लो पटक नेपाली लोक गीत संगीतको बजार निकै फराकिलो बन्दैँ गएको छ । साँगितिक बजारमा गीतसंगीतको ओईरो लागेको बेला फरक र पृथक खालको गित फेरी सांगीतिक क्षेत्रमा प्रवेश गरेको छ ।

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निकै प्रभावशाली ढंगले अगाडी बढिरहेको एक नाम शान्तिश्री परियार र भरत भट्टको सुमधुर स्वरमा”बर पिपल “नया गीत सार्वजनिक भएको छ ।

समाजको घटना क्रमसंगै समसामयिक माया पिरथिका गित सृजना गर्न माहिर राजकुमार बगरको उत्कृष्ट शब्द सृजना तथा सगीत रहेको छ । कमल सौरागको संगीत संयोजन रहेको यस गीतको म्युजिक भिडियोलाई युवा पुस्ताका चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन तथा कोरीयोग्रफ रहेको छ ।

प्रकाश खडकाले छायाँकन गरेको म्युजिक भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । पब्लिसिटी तथा डिजाईन लक्ष्मण चौहानले गर्नु भएको हो । म्युजिक भिडियोमा नेपालि गीतसंगीतमा एक क्षत्र राज गरेका चर्चित गायक तथा मोडल रामजी खाड र लोकप्रिय मोडल अन्जली अधिकारिको अभिनय रहेको छ ।

Loading...
प्रकाशित मिति ७ माघ २०७६, मंगलवार ०३:०५