डा.आशा सिंह एआईजीमा

काठमाडौं,८ माघ /  सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. आशा सिंहलाई नेपाल प्रहरीको प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले डीआईजी डा. सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएपछि बढुवा विवादमा परेको थियो ।

गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले सिंहलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । बढुवा समितिका अध्यक्ष गृहसचिव प्रेमकुमार राई थिए भने सदस्य सचिव प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रहेका थिए ।

अस्पतालकी एआईजी डा। दुर्गा थापाले ३० बर्षे सेवाहदका कारण अवकास पाएकी थिईन् । थापाको अवकाशपछि वरिष्ठताका आधारमा सरकारले डीआईजी डा. मिनराज पाठकलाई नै अस्पतालको निमित्त मेडिकल डाइरेक्टरको जिम्मेवारी दिइएको थियो ।

Loading...
प्रकाशित मिति ८ माघ २०७६, बुधबार ०७:२१