७ बर्षको उमेरमा हराएका सन्तोष १२ बर्षपछि भेटियो

बुटवल, ८ माघ / बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुरका अमर बहादुर सुनारका छोरा सन्तोष कुमार सुनार हराएको १२ बर्षपछि भेटिएका छन् । ७ वर्षको उमेर हुँदा भारतबाट हराएका सन्तोष १२ वर्षपछि नेपालमा भेटिएका हुन् ।

१२ वर्षअघि आर्थिक अवस्था कमजोर भएका अमर बहादुर सुनार आफ्नो श्रीमती लक्ष्मी सुनार र उनको ७ वर्षीय छोरालाई लिएर रोजगारीका लागि भारत पुगेका थिए ।

२०६४ सालमा भारतको लुधियाना गएका सुनारसंग रहेका उनका छोरा सन्तोष कुमार सुनार त्यहींबाट हराएका थिए । छोरा हराएपछि सुनार परिवारमा चिन्ता थपियो, एकातर्फ उनीहरुको आर्थिक अवस्था कमजोर थियो भने अर्कोतर्फ सन्तान हराएको पी डा थियो, आजको नेपाल समाचारपत्रले खबर छापेको छ ।

सन्तान भेटिने आशामा सुनार दम्पत्ती भारतमै बसिरहे । ७ वर्षिय बालकको खोजतलास गर्दा कतै पत्तो लागेन । सन्तान हराएको पी डामा रहेको अभिभावकको अनुहारमा अहिले भने मुस्कान देखिएको छ ।

भारतस्थित नेपाली दुतावासको समन्वय तथा प्रवासी नेपाली मित्र मञ्च र मानव कल्याण मित्र मञ्च नेपालको सक्रियतामा अहिले १९ वर्ष पुगिसकेका सन्तोष अहिले अभिभावकसंगै आउन सफल भएका छन् । उनलाई २०७५ साउन ५ गते उद्दार गरियो । उनलाई अभिभावकसम्म आउन भने त्यत्ति सजिलो थिएन् ।

Loading...
प्रकाशित मिति ८ माघ २०७६, बुधबार ०८:१९