काठमाडौं ८ माघ / गायक एवं संगीतकार कारसाङ लामाको संगीतमा ‘तिम्रो मुटु मेरो मुटु’ सार्वजानिक भएको छ । नेपाली गीतसंगीतमा पछिल्लो समय व्यस्त बनेका लामाको उक्त गीतमा धेरैले राम्रो प्रतिक्रिया दिएका छन् ।
गीतमा सुन्दर पन्तको शब्द, कारसाङ लामाको संगीत रहेको छ ।
भ्वाइस अफ नेपालमा टप ८ सम्म पुगेकी गायिका मेचु धिमालको कर्णप्रिय आवाज रहेको गीतमा गायक नारायण थापाले साथ दिएका छन् ।
भिडियोलाई निर्देशन र छायांकन प्रेम लामाले गरेका हुन् भने राज महर्जनले कोरियोग्राफी, सुवास डाँगीले ड्रोन, टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन् । भिडियोमा मनोज ओली र रिचा थापाको अभिनय हेर्न सकिन्छ ।
भिडियो हेर्नुहोस् :