पोखरा लेकसाइड बाट सांसद दीपक मनाङ्गे पक्राउ

काठमाडौँ / गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे पोखराको लेकसाइडबाट प,क्राउ परेका छन् ।

लेखनाथको भण्डारढिकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमै सांसद गुरुङले एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि हा,तपात गरेका थिए ।

मिलन गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई ठाडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको स,जाय गरी पाउँ भनी बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेरै मनाङेविरुद्ध किटानी जाहेरी दिएका थिए ।

Loading...
प्रकाशित मिति ९ माघ २०७६, बिहीबार १०:४९