आज सोनाम ल्होसारको सार्वजनिक विदा

काठमाण्डाै / वाग्मती प्रदेश सरकारले शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिएकाे छ । तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको वाग्मती प्रदेशकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गएकाे पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शुक्रबार सार्वजनिक बिदा दिइएको जनाएको छ । प्रदेश सरकारले बिदा घोषणा गरेकाले प्रदेशभर नै बिदा हुने वाग्मती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले जानकारी दिनुभयो ।

काठमाण्डाै उपत्यकाका हकमा भने केन्द्र सरकारको राजपत्रअनुसार हुने उहाँले बताउनु भयो । गृह मन्त्रालयले गएकाे वैशाखमा प्रकाशन गरेको राजपत्रअनुसार प्रदेश सरकारले बिदा दिँदा आफ्नो प्रदेशभित्रका केन्द्र मातहतका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दा बन्द रहने छन् ।

Loading...
प्रकाशित मिति १० माघ २०७६, शुक्रबार ०२:०८