श्रृखंलाले यसरी भत्काईन् छाउगोठ…

सुर्खेत, १० माघ / जिल्ला प्रहरी प्रशासन सुर्खेतले जिल्लामा हालसम्म १ हजार दुई सय २८ छाउगोठहरु भत्काइसकेको छ । गृहमन्त्रालयले नै छाउगोठ भत्काउने निर्देशन दिएपछि छाउगोठ भत्काउने कामले तिब्रता पाए पनि यहाँका स्थानीयहरु भने छाउगोठको परम्पराबाट उन्मुक्त हुन सकेका छैनन् । पूर्व मिस नेपाल श्रृखंला खतिवडा पनि छाउगोठ भत्काउने अभियानमा सहभागी हुन हुनुभएको छ ।

पछिल्लो समय मुलुकमा छाउगोठ भत्काउने अभियानले तिब्रता पाएको छ । विशेषगरी कर्णाली प्रदेश र सुदूरपश्चिममा अझै पनि जरा गाडेर बसेको अन्धविश्वासका कारण छाउपडी बस्ने प्रथाले निरन्तरता पाएको स्थानमा धमाधम छाउगोठहरु भत्काउने क्रम जारी रहेको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसंग जोडिएको सुर्खेतमा जिल्ला प्रहरीले अहिलेसम्म १ हजार २ सय २८ भन्दा बढी छाउगोठहरु भत्काइसकेका छन् ।

सुर्खेतको पश्चिम क्षेत्र पञ्चपुरी नगरपालिका–७ धनबोटमा अहिले पनि छाउगोठ भत्काउने अभियान चलिरहेको छ जहाँ अझै पनि छाउप्रथा कायमै रहेको पाईएको छ । मिस नेपाल २०१८ श्रृखला खतिवडा छाउगोठहरु भत्काउनको लागि धनबोटमा पुग्नु भएको छ ।

Loading...
प्रकाशित मिति १० माघ २०७६, शुक्रबार ०९:४९