युएई गएको एक महिनामै दुर्घटनामा परि नेपाली युवाको मृत्यु

काठमाडौँ / सडक दुर्घटनामा परेर युएईमा एक नेपाली युवाले ज्या*न गुमाएका छन् । ज्या*न गुमाउनेमा दार्चुलाका २८ वर्षीय रमेश कामी रहेका छन् ।

शनिबार बेलुका हत्ता मुजेरा मदिना सुपरमार्केट अगाडि बाटो काट्ने क्रममा लरीले ठक्कर दिएको थियो । रमेशको घटनास्थलमै ज्या*न गएको बताइएको छ ।

उनी एक महिना अघि मात्र नेपालबाट गएका थिए । उनी दुबईमा रहेको क्लेन्को कम्पनीमा सरसफाइ मजदुरको रुपमा काम गर्दै आएका थिए ।

उनको शवलाई अहिले पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ।मृ*तक रमेश विवाहित हुन् । उनको एक छोरासमेत छन् ।

अन्य समाचार 

काठमाण्डौ / आइतबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ ।ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ३५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ पैसा १७ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५९ पैसा तोकेको छ । बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४८ पैसा तोकेको छ ।

Loading...
प्रकाशित मिति १२ माघ २०७६, आईतवार ०६:५०