६ हजार धरौटीमा दीपक मनाङ्गे रिहा

पोखरा / गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ ‘दिपक मनाङे’ धरौटीमा रिहा भएका छन्। आइतवार प्रमुख जिल्ला अधिकारी रमेशकुमार शर्माले ६ हजार धरौटीमा मनाङेलाई रिहा गर्न आदेश दिएका हुन् ।

गत माघ ९ गते अखिल नेपाल फुटबल संघ ९एन्फा० कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङेलाई पक्राउ गरेको थियो ।

अन्य समाचार

फिल्म ‘साङ्लो’को ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको गीतमा अभिनेता विराज भट्ट र निकिता चण्डक फिचर्ड छन् ।

निशान भट्टराईको शब्द रहेको गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । लामो समयपछि नेपाली फिल्ममा कमब्याक गरेका विराजलाई दर्शकले निकै साथ दिइरहेका छन् । यसै फिल्मबाट पूर्व मिस नेपाल निकिता चण्डक डेब्यु गर्दैछिन् । किड्नी तस्करीको कथा देखाइने फिल्मलाई नायक विराज भट्टले निर्देशन गरेका हुन् । एक्सन फिल्ममा विराज र निकितासँगै प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीको अभिनय रहेको छ ।

विराज भटट् फिल्म प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण भएको फिल्ममा तेज बहादु खड्काको पनि लगानी छ । शिवम् अधिकारीको पटकथा र संवाद रहेको फिल्ममा द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ ।

मानकृष्ण महर्जनले खिचेका फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । यो फिल्म माघ २४ गते देखि प्रर्दशन हुँदैछ ।

Loading...
प्रकाशित मिति १२ माघ २०७६, आईतवार १२:२२