…… जब रामकृष्णले गाउन थाले, सबैको आँखा रसायो

पर्बत / आधुनिक तथा पप गायक रमकृष्ण ढकालको प्रस्तुतिबाट दर्शकले शनिबार भरपुर मनोरञ्जन लिएका छन् । छैटौ पर्वत महोत्सवको दोस्रो दिनको आर्कषक बनेर पहिलो पटक पर्वतमा आएका ढकालको सांगितिक कार्यक्रममा दर्शकहरु खचाखच भरिएका थिए । महोत्सवमा ढकालको प्रस्तुती हेर्ने दर्शकहरु उभिएरै भए पनि रातको ९ बजे सम्म बसेका थिए ।

प्रस्तुतिको सुरुमा बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस गीत बाट सुरू गरेका ढाकालले १ दर्जन भन्दा बढी गीत प्रस्तुत गरेका थिए ।

चरीले त छोडेर गइ हाल्यो, ओराली लागेको हरिणको चाल भो, गाँजलु ति ठूला ठूला आखाँ लगायतको गीतहरू प्रस्तुति चलिरहँदा दर्शक दीर्घाबाट पटक–पटक तालीको गडगडाहट बर्सिएको थियो । दर्शकको समर्थन र हौसलाबाट उनी उत्साहित देखिन्थे ।

गत महिना मात्रै गायक ढकालले पत्नि निलम शाहसँग डिर्भोस गरेपछि रामकृष्ण लगातार मिडियामा छाइरहेका छन् । लालीगुसाँस सहकारीबाट पिडित बनेपछि उनले पत्निसँग सहमतीमा नै पारपाचुकेको गरेको खबर पनि बाहिरिएका थिए ।

Loading...
प्रकाशित मिति १३ माघ २०७६, सोमबार ०२:२७