गायिका आस्था राउत प्रहरी नियन्त्रणमा

काठमाडौं / प्रहरीसँगको वि,वाद फसेकी गायिका आस्था राउत सोमबार महानगरीय प्रहरी परिसर टेकु जाँदै छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको वि,वाद भएको थियो । राउतलार्इ प्र’काउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय जान लागेकी हुन्।

प्रहरीले नेपाल आए लगत्तै प’क्राउ गर्ने तयारी गरेपछि आस्थाको परिवार उनलाई नेपाल फर्किए लगत्तै प्रहरी कार्यालयमा हाजिर गराउन सहमत भएको थियो। सोहि सहमतिअनुसार आस्थाका परिवारका सदस्यले उनलाई प्रहरी कार्यलय लैजान लागेका हुन्।

आस्था कार्यक्रममा सहभागी हुन केही दिन नेपाल बाहिर थिइन्। यसअघि उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको थियो। माघ ५ मा गायिका आस्थाविरुद्ध प्र¥काउ पुर्जी जारी भएको थियो।

– फाइल तस्बिर

Loading...
प्रकाशित मिति १३ माघ २०७६, सोमबार ०३:५५