आस्था राउत बिरामी भएपछि अस्पताल भर्ना

काठमाडौं / प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतले कानूनभन्दा माथि कोही नभएको बताएकी छन् । आस्थाले प्रहरी समक्ष आफै गएर माफी मागेपनि थप अनुसन्धानको लागि ४ दिन म्याद थप गरिएको छ ।

प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको छ। बिरामी भएको भन्दै राउतलाई प्रहरीले अस्पताल लगेको हो। तर, गायिका राउतलाई के भएको भन्ने कुरा खुलाइएको छैन।

राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी वकिलको कार्यालय लगिएको थियो। त्यसपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौले ४ दिन थुनामा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो।

राउत सिक्किम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने महिला सुरक्षाकर्मीसँग विवाद भएको थियो । त्यसलाई लिएर उनले फेसबुक लाइभमा प्रहरी संगठनलाई गालीगलौज गरेपछि उनको चर्को आलोचना भयो । उनले सामाजिक सञ्जालबाटै माफी समेत मागेकी थिइन् ।

तर प्रहरीले भने अभद्र व्यवहारको मुद्दा चलाउने भन्दै जिल्ला प्रशासनबाट पक्राउ अनुमति लियो ।

त्यसपछि नागरिकसँग बदला लिन खोजेको भन्दै आलोचना भएपछि प्रहरीले परिवारले उपस्थित गराए पक्राउ नगर्न सकिने अभिव्यक्ति दियो । त्यसअनुसार सिक्किमबाट फर्किएपछि राउत आफैं महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भइन् ।

प्रहरीले उनीसँग सोधपुछ गरेको छ र अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराउँदैछ ।

त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राउतले ‘कोअपरेट’ गर्न नै आफू प्रहरीमा उपस्थित भएको बताइन् । उनले भनिन्, ‘कानूनभन्दा माथि कोही पनि छैन, म पनि छैन । कानूनका हिसाबले जे मलाई हुन्छ, त्यो सहर्ष स्वीकार गर्छु ।’

यो घटनाले आफूलाई संयमित हुनुपर्छ भन्ने पाठ सिकाएको समेत उनले बताइन् । प्रहरीले आफूलाई सौहादपूर्ण वातावरणमा आफ्नो कुरा राख्न दिएको समेत गायिका राउतले बताएकी छन्

Loading...
प्रकाशित मिति १३ माघ २०७६, सोमबार १७:३१