आजबाट सूर्य कर्कट राशीमा प्रवेश गर्ने

काठमाडौं  १ साउन / आज साउनको पहिलो दिन अर्थात साउने सक्रान्ति पर्व हिन्दु धर्मावलम्बीहरुले मनाउँदै छन् । मानो खाई मुरी उव्जाउने कथन अनुसार असार महिनाभर धान रोपाईको काम सकिएपछि साउने सक्रान्ति पर्व मनाउने प्रचलन छ ।

आजकै दिनबाट सूर्य कर्कट राशीमा प्रवेश गर्ने भएकाले यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ । महिनाभर हिलोमा पसेर खेतीपाती गर्दा लुतो आउन सक्ने भएकाले किसानहरु शरिर सफा राखी किसानहरु लुतो फाल्ने गर्दछन् ।

कागती, अम्वा, अनार नास्पाती, आदी फलफुल चढाई कण्डारक नामक राक्षसको पूजा गर्नाले लुतो, खटिरा जस्ता चर्मरोगको प्रकोपबाट वच्न सकिने विश्वास रहिआएको छ ।

महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । साउन महिना भगवान शिवको महिना भएकोले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीहरुको अत्याधिक भिड लाग्छ ।

Loading...
प्रकाशित मिति १ श्रावण २०७६, बुधबार ०२:४६