इन्द्रेणी मार्फत मुटु रोगी दिपकलाई सहयोग रकम हस्तान्तरण

काठमाण्डौं १४ माघ  / पुर्ब मेचि देखि पश्चिम महाकालिका कुना कान्धरामा दु: ख सुख लाई आत्मासाथ गर्दै घाम पानी सन्चो बिस्न्चो नभनि निरन्तर दिन दु: खी ,गरिब असाहाय ,अपाङ्ग बिभिन्न रोग बाट उपचार नपाएर छटपटाई रहेका बिरामिको साहारा बन्दै आइरहेको इन्देणी निरन्तर तपाईंको साथ सहयोगले अगाडी बढी रहेको छ।

तपाई भगवान रूपि नेपाली सहजोगी मनहरूले साहारा विहिनको साहार इन्द्रेणी लाई बनाई दिनुभएको छ। आफ्नो रगत पसिनालाई वेचेर अरूको दु: ख देख्न नसक्ने तपाई सम्पुर्ण सहयोगी मनहरू प्रति इन्द्रेणी परिवार नमन गर्दछ।

आजको यस कार्यक्रममा सुर्खेत जिल्ला पन्चपुरी गाउँपालिका ९ औलछा वस्ने दिपक बि क केही वर्ष यता मुटु सम्बन्धि बिरामी हुनुहुन्छ ।

पारिवारिक अवस्था एकदमै कम्जोर रहेकाले उपचार गर्न गाउँमा सहयो जुटाउँदा पनि सहयोग नजुटेकाले उहाँको उपचार समयमै नभएकोले हाल उनको मुटुको भल्भ फेर्नु पर्ने समस्या आएकाले रूदै ५ वर्षका छोरा श्रीमती पबित्रा सहित दिपक इन्द्रेणीमा सहयो गुहारदै आउनुभएको छ।

उहाँको यस्तो अवस्थालाई देखेर केहि मात्रामा उपचारमा सहया्ग होस भन्ने उदेश्यले इन्द्रेणी मार्फत रू ४५ हजार र इन्द्रेणी कार्यक्रममा उपस्थित सहयोगी मनहरू बाट रु ३५ हजार गरी जम्मा ८० हजार सहयोग रकम हस्तान्तरण गरेका छौं

Loading...
प्रकाशित मिति १४ माघ २०७६, मंगलवार १०:४८