शान्ति सेनामा नेपाली महिला सैनिक

काठमाडौं, माघ १५ । छोरी बिग्रे नर्स, छोरा बिग्रे कर्मश भन्ने नेपाली भनाईलाई अहिले नेपालीहरुले वेवास्ता गर्न थालेका छन् । कैयौँ नेपाली दिदी बहिनीहरुले नसीगं पेशा मार्फत आफ्नो रोजी रोटी चलाइरहेका छन् भने कैयौँ छोराहरुले कर्मश नै पढेर घर घडेरी जोडीरहेका छन् ।

अहिले महिला होस् वा पुरुष हरेक जागीरमा पुरुषहरु सरह महिलाले पनि अवसर पाइरहेका छन् । पछिल्ला दिनमा आर्मी र प्रहरी जस्ता पेशाहरुमा पनि महिलाहरु धमाधम प्रवेश गर्ने क्रम जारी छ ।

नेपाल आर्मीमा रहेका कैयौँ महिलाहरु अहिले शान्ति सेनामा पनि जाने क्रम बढ्दो छ । शान्ती सेनामा गएका नेपाली महिला सैनिकले सुरक्षा दिइरहेका छन्। जस अन्तरगत लेबनानमा नेपाली महिला सैनिकहरुले पनि सुरक्षा दिइरहेका दृश्यहरु आज हामी तपाईलाई देखाउँदैछौँ ।

Loading...
प्रकाशित मिति १५ माघ २०७६, बुधबार ०८:५७