काठमाडौं १ श्रावण / चर्चित लोकप्रिय गायक खुमन अधिकारी र गायिका सारा पगेंनीको “आमा बुबा” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई उमंग म्यूजिकको युटयुबबाट सार्वजनिक गरिएको छ ।
नारीहरुको महान चाड तीजको अवसर पोरर सार्वजनिक भएको उक्त गीतमा एक नारायण भण्डारीको शब्द तथा संगीत रहेका छ । बाबा आमाको बयान गरिएको उक्त गीतमा उहाँहरु प्रतिको माया ,प्रेमलाई समावेश गरिएको छ । सुरबिर पण्डित , रमा थपलिया , सुमन परियार , सुप्रिया पगंनी , शिव पौडेल , सभ्यता पगेंनी र अंशु पौडेलको अभिनय रहेको उक्त गीतको भिडियो करण चैसिरले छायाँकन गरेका हुन् । भिडियो हेेेर्नुहोस् :
https://www.youtube.com/watch?v=UfnS9WjnuFo
आमा बाबाको माया देखाइएको उक्त गीतको भिडियोमा निकै राम्रो नृत्य देख्न सकिन्छ । स्मृति तिमिल्सिना गुरुआमा को निर्देशनमा तयार भएको गीतको भिडियोलाई शिव पौडेलाले संपादन गरेका हुन् ।