कहिल्यै नछुट्ने ‘कसम’ खाए पल र पूजाले

काठमाडौँ १६ माघ / सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को तेस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पल शाह र अभिनेत्री पूजा शर्माको दमदार अभिनय हरेको छ ।

‘तिम्रो घरको वरिपरि’ बोलको गीतले चौतर्फि चर्चा बटुले लगत्तै बिहीवार ‘कसम कसम’ बोलेको डान्सिङ गीत सार्वजनिक भएको हो ।

फागुन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रमा सुगम पोखरेलको स्वर, दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको संगीतलरहेको छ । शिवम अधिकारी र दिनेश न्यौपानेको कथा रहेको छ ।

भने चलचित्रमा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Loading...
प्रकाशित मिति १६ माघ २०७६, बिहीबार १६:१३