गुल्मीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुँदै

गुल्मी  १७ माघ / गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री गोकणराज बिष्टले आफ्नो निर्वाचन क्षेत्रमा निकै ठूला–ठूला महत्वाकांक्षी योजनाहरु अगाडि सार्नु भएको छ । ती मध्ये एक हो ईस्मा गाउँपालिका वडा नम्वर–६ , राङदालको चौरमा बन्न लागेको शहीद लखन थापा अन्तर्राष्ट्रिय रंगशाला ।

गत आर्थिक बर्षको पहिलो चरणमा मैदान समथल पार्ने र दुवो रोप्ने काम सुरु भईसकेको छ । १ सय ५ मिटर लम्वाई र ६८ मिटर चौडाईको मैदान सम्याएर सकिएको छ भने दुबो रोप्नु पूर्व गर्नु पर्ने मापनका लागि काठमाण्डौबाट मैदान निर्माणको जिम्मा पाएको सुनकोशी अभियान जे.भीको टोली आएर फर्किसकेको छ ।

कर–भ्याट बाहेक पहिलो चरणको कामका लागि २ करोड ८० लाखमा २०७५ साल चैत ७ गते सम्झौता भई २०७६ चैत ७ गते सम्पन्न हुने उल्लेख छ । त्यसको एक महिना अघि नै पहिलो चरणको काम सम्पन्न गरिसकिने निर्माण कम्पनीका प्रमुख गशेण आचार्यले जानकारी दिनुभयो ।

निर्माण कम्पनीका प्राविधिक दिनेश बस्यालले तयार पारेको डिपीआर अनुसार यस भेगकै बिशाल र निकै आकर्षक रंगशाला बन्दै छ । रंगशाला वरिपरिको वातवरण देखि रंगशाला भित्र अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न बातवरण हुने छ ।

Loading...
प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार ००:०८