गोरखामा टिपरले किचेर एक महिलाको मृत्यु

गोरखामा टिपरले किचेर एक महिलाको मृ’त्यु भएपछि आक्रोसित स्थानीयले २६ वटा टिपर र स्काभेटरमा आगजनी गर्नुका साथै तोडफोड गरेका छन् ।

गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नम्बरको टिपरले किचेर गोरखा नगरपालिका १० अमलापानी बस्ने ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृ’त्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घरबाट छेपेटार बजारमा दुध बेच्न हिँडेकी तामाङलाई शुक्रबार बिहान पौने सात बजे क्रसरबाट निस्केको टिपरले कि’चेको थियो ।

तामाङको मृत्यु भएपछि सयौँजनाको आ¥क्रोसित भीडले उक्त टिपरमा आ’गजनी गरेका छन् भने क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा स्काभेटर तो’डफोड गरेका हुन् । क्रसरभित्र पचास भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

Loading...
प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार ०४:४४