पोखरामा एक जोडीले गरे उदाहरणीय विवाह

काठमाडौं १७ माघ / सामाजिक सञ्जाल देखि लिएर यतिबेला चौतर्फी विवाह चर्चा भइरहेको छ । लगनगाँठो कस्न साइत कुरेर बसेका प्रेमिल जोडीहरुले धमाधम विवाह गरिरहेका बेला पोखरामा एक जोडीले उदाहरणीय विवाह गरेका छन् ।

पोखराका उत्तम गिरी र शीला गिरीले भर्खर मात्र प्रेम विवाह गरेका हुन् । हामिले देख्दै आएका विवाहहरु भन्दा फरक ढंगले उनिहरुले विवाहलाई थप रोमाञ्चक तरिकाले सम्पन्न गरेका छन्। दुलालले विवाह मण्डपबाट दुलहीलाई बाइकमा राखेर साथीहरु सँग बजार परिक्रमा गरेका थिए ।

दुलहाले फिल्मी शैलीमा दुलहीलाई बुलेट बाइकमा घुमाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, उक्त भिडियो पोखराका उत्तम गिरी र शीला गिरीको हो ।

तामझामका साथ बाजागाजा सहित दुलही लिएर आउनु पर्ने ठाउँमा बाइकमा घुमिरहेका नवविवाहित जोडीलाई सबैले अचम्मका साथ नियालेर हेरिरहेका थिए ।

– समय सान्दर्भिक सुर्य ( पोखरा )

हिजो मात्रै क्रिकेटर सोमपाल कामीको विवाहको खबरले सामाजिक सञ्जालमा राम्रो चर्चा पाएको थियो । विगत चार बर्षदेखि प्रेम सम्बन्धमा रहेका सोमपाल कामी र प्रतिमा घिमिरेले हिजो लगनगाँठो कसेका हुन् ।

Loading...
प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार ०६:१०