सिन्धुली, १७ माघ / यहाँकाे गोलन्जोर गाउँपालिका– ५, खनियाखर्क स्थित बीपी राजमार्गमा स्कार्पियो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
सप्तरीबाट काठमाडाैँ जाँदै गरेको स १ च १००९ नम्बरको स्कार्पियो अनियन्त्रित भई दुर्घटना हुँदा सप्तरीको कन्चनपुर नगरपालिका– ६ निवासी ३२ वर्षीय सुर्यन्द्र नारायण चौधरीको मुत्यु भएको प्रहरीचौकी, गढीले जनाएको छ ।
दुर्घटनामा परी सोही ठाउँ निवासी वर्ष ३० का महमद अफरोज गम्भीर घाईते भएका छन् । घाईते अफरोजलाई उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
मृतक चौधरी सप्तरीको कन्चनपुर नगरपालिकाका सहलेखापलन समेत रहेको प्रहरीले जनाएको छ ।